गण्डकीमा सार्वजनिक सवारी भाडा बढ्ने, अब कति तिर्नुपर्छ?

  माघ २८, २०७८

काठमाडौँ, माघ २८: गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन तथा ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत भाडा बढाएको थियो। त्यस्तै ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको थियो ।

तर, भाडादर तोकिएको थिएन । माघ २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर गण्डकी सरकारले सिटी बसमा पहिलो विन्दु (३ किमिसम्म) २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २.५० रुपैयाा कामय गरेको हो ।

२० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २.५० रुपैयाा प्रतिकिलोमिटरका दरले भाडा लिन पाउनेछन् । प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३.१० रुपैयाँ कायम भएको छ । पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५.५० रुपैयाँ भाडा लिन पाउनेछन् ।

ट्रकहरुले प्रतिकिमि प्रति टन ११.७२ रुपैयाँ लिन पाउने छन् । ट्याक्सीमा १५ किमिसम्मको शुरुआती भाडाबापत ८०सहित प्रति २०० मिटरको १० रुपैयाँ तय भएको छ । १५ किमिभन्दा बढीको यत्रा गर्दा प्रतिकिमि ३७.५ रुपैयाँ भाडा दर तय भएको छ । यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो ।

तपाईको प्रतिक्रिया