काठमाडौं, माघ २१ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिबीच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता महादेव पन्थका अनुसार बैठकमा कोरोना संक्रमण र आगामी रणनीतिका विषयमा छलफल भएको हो ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयसँगै प्याब्सन र एनप्याब्सनका प्रतिनिधि सहभागी हुनुहुन्छ । ‘बैठकमा स्वास्थ्य, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयका अतिरिक्त प्याब्सन र एनप्याब्सनका पदाधिकारीबीच सामान्य छलफल भयो’, पन्थले भन्नुभयो, ‘निर्णय केही भएको छैन ।’
पन्थका अनुसार बैठक आइतबार बस्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीमसीसी)को एजेण्डा तयार गर्न बसेको हो । कोरोना महामारी बढ्दै गएपछि सरकारले गरेको कडाईलाई विस्तारै खुकुलो बनाउँदै गएको छ।थप रणनीति तय गर्न बैठक बसेको उहाँको भनाइ छ ।