‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

  माघ ०८, २०७८

काठमाडौं, माघ ८ : लोक दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक गरिएको छ । खनालकै शब्द तथा स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । भिडियो निर्मल शर्मा ‘गै‍‌डा’ले निर्देशन गर्नुभएको हो ।

राजु केसीको छायाङ्कन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ । गीतमा गायक खनाल आफैंले पनि अभिनय गर्नुभएको छ । उहाँलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिनुभएको छ ।

तपाईको प्रतिक्रिया