भारतीय अभिनेता अरुण वर्माको निधन

  माघ ०६, २०७८

काठमाडौं, माघ ६ : बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसक्नुभएका अरुण वर्माको निधन भएको छ । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक अन्य ठूला सेलिब्रिटीसँग काम गर्नुभएको थियो ।

वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । कवि उदय दहियाले सामाजिक सञ्जालमार्फत अरुण वर्माको निधनको जानकारी गराउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ । भगवानले उहाँलाई आफ्नो श्रीचरणमा स्थान दिउन् ।’

अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया