भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने

  माघ ०२, २०७८

काठमाडौं, माघ २ : भारतीय लोकप्रिय कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । भारतीय टेलिभिजनका हस्ती तथा अभिनेता कपिल शर्माको बायोपिकाे नाम ‘फनकार’ राखिने भएको छ ।

भारतीय टेलिभजिन कार्यक्रम ‘कमेडि नाइट विथ कपिल’, ‘कपिल शर्मा शो’ जस्ता थुप्रै कार्यक्रममार्फत् चर्चामा आएका शर्माले केही फिल्ममा पनि अभिनय गर्नुभएको छ । फिल्मको निर्देशन ‘फुर्रेके’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नुहुनेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो लागिसकेको छैन ।

कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’ बाट अभिनेताका रुपमा डेब्यू गर्नुभएको थियो । फिम्लमा महावीर जैनको लगानी हुनेछ र फिल्म लिका प्रोडक्सनको ब्यानरमा बन्ने भएको छ ।

तपाईको प्रतिक्रिया