पल शाहकाे ‘भत-भती पोल्छ मेरो यो मन सार्वजनिक’

  पुष ३०, २०७८

काठमाडौं, पुस ३० : पल शाह र प्रियांका आचार्यको अभिनय रहेको ‘भत-भती पोल्छ मेरो यो मन’ बोलको गीत सार्वजनिक भएको छ । ‘नारायण रसाईली अफिसियल’ को युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

गीतमा रचना रिमालले स्वर भर्नुभएको छ । यस्तै, गीत नारायण रसाईलीले लेख्नुभएको हो भने दिप घटानीको संगीत रहेको छ । भिडियो निर्देशन निकेश खड्काले गर्नुभएको हो । सम्पादनमा विकास धमला हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया