फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

  पुष ३०, २०७८

काठमाडौं, पुस ३० : नेपाली फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृङ्खलाको प्रदर्शन मिति र टिजर एकैदिन सार्वजनिक भएको छ । फिल्मको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ ।

यो फिल्म आउँदो वर्षको बैशाख १ गते प्रदर्शनमा आउने बताइएको छ । झरना थापाको निर्देशनमा तयार भएको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया