गंकी धुस्वां–वसुन्धरा पुरस्कार कार्की र सिर्जना पुरस्कार डङ्गोललाई दिइने

  पुष २०, २०७८

काठमाडौँ, पुस १९ : यो वर्षको ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ उपन्यासकार नीलम कार्की निहारिका (द्रौपदी अवशेष) र ‘धुस्वाँ सायमि सिर्जना पुरस्कार’ वरिष्ठ चित्रकार गोविन्दलालसिं डङ्गोललाई प्रदान गरिने भएको छ ।

गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको अध्यक्षतामा हालै बसेको बैठकले कार्की र डङ्गोललाई प्रदान गर्ने निर्णय गरेको हो । जनही रु. ५० हजार पुरस्कार र ताम्रपत्र पनि रहनेछ ।

विमल भौकाजी र हरिप्रसाद वैद्यका संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा सो पुरस्कार दिने निर्णय भएको जनाइएको छ । पहिलो पुरस्कार उपन्यासकार तथा दोस्रो पुरस्कार कलाकार र सङ्गीतकारलाई दुई दुई वर्षमा प्रदान गरिँदै आएको छ ।

गंकी पुरस्कार नेपालभाषा, नेपाली र अन्य विविध भाषाका उपन्यासलाई पालैपालो दिने गरिएको छ । पुरस्कार  माघ १ गते प्रदान गरिने प्रतिष्ठानका सचिव प्रतिसरा सायमिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया