काँग्रेस केन्द्रीय सदस्यको मतगणना : २९ सय ९३ मतगणना हुँदा काेइराला, साउद र खाँड अग्रस्थानमा

  पुष ०४, २०७८

काठमाडौं, पुस ४ : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी रहेको छ ।

आइतबार अपरान्ह ३ः१५ बजेसम्म २९ सय ९३ मतगणना भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमध्ये केन्द्रीय सदस्य खुलातर्फ डा। शशाङ्क कोइरालाको २४ सय ४२, एन. पी. साउदको १८ सय ९६, ज्ञानेन्द्रबहादुर कार्कीको १७ सय ६४, अर्जुननरसिंह केसीको १७ सय १०, उदय शमशेर राणाको १८ सय ८ मत छ । निर्वाचन समितिले केन्द्रीय सदस्यको मतगणना आजै सम्पन्न हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया