बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित, ओमिक्रोन पनि बढ्दो

  पुष ०२, २०७८

लण्डन, पुस २ : बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो ।

अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् । यहाँ अहिलेसम्म १ हजार ६९१ जनामा ओमिक्रोनको घातक सङ्क्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया