काँग्रेसको १४ औँ महाधिवेशन : सभापति पदका लागि दोस्रो चरणको मतदान सम्पन्न, ४५६३ मत खस्यो

  मंसिर २८, २०७८

काठमाडौं, मङ्सिर २८ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । मतदानमा ४५६३ मत खसेकाे छ ।

मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान राति साढे नौ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयाे ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा भएकाे हाे । सभापति पदका लागि प्रधानमन्त्री समेत रहनुभएको शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया