सभापति पदकाे दोस्रो चरणको मतदानमा करीब १३ सय मत खस्यो

  मंसिर २८, २०७८

काठमाडौं, मंसिर २८ : नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत साँझ ५:१५ सम्ममा १३ सय मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा. सुरेश आचार्यले जानकारी दिनुभयो ।

काँग्रेसको सभापति पदको दोस्रो चरणको मतदान काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो ३:३० देखि सुरु भएकोमा करिब डेढ घण्टाको अवधिमा १३ सयभन्दा बढी मत खसेको हो ।

तपाईको प्रतिक्रिया