युवराज न्यौपानेद्वारा सभापतिको उम्मेदवारी फिर्ता

  मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : नेपाली काँग्रेस सभापति उम्मेदवारी दिनुभएको युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

शनिबार काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभएको न्यौपानेले आइतबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।

आइतबार उम्मेदवारी फिर्ता लिनुभएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया