काँग्रेस महाधिवेशन : प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

  मंसिर २२, २०७८

काठमाडौं, मङ्सिर २२ : नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।

काँग्रेसले बुधबार विहान पार्टीको वेभसाइटमार्फत केन्द्रीय निर्वाचन समितिमा प्राप्त चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ गते अर्थात् शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया