काठमाडौं, मङ्सिर १७ : देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार १७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५६९ पुगेको छ । पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख तीन हजार ७१६ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्मु नभएको मन्त्रालयले जानकारी गराइएको छ । यस रोगबाट हालसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९२१ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।
आठ महिनापछि मृत्यु हुनेको संख्या शून्य
नेपालमा आठ महिनापछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार मङ्सिर १ गते एक जना, २ गते छ जना, ३ गते पाँच जना, ४ गते एक जना, ५ गते एक जना, ६ गते चार जना, ७ गते पाँच जना, ८ गते पाँच जना, ९ गते तीन जना र १० गते दुई जनाको सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यसैगरी ११ गते तीन जना, १२ गते दुई जना, १३ गते एक जना, १४ गते दुई जना, १५ गते तीन र १६ गते छ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयले कोरोनासम्बन्धि सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जेठ ४ गते सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको थियो । यस दिन २४६ जनाले सङ्क्रमका कारण ज्यान गुमाउनुपरेको थियो ।
मन्त्रालयका अनुसार शुक्रबार २२३ जना सङ्क्रमित थपिएका छन् भने ३४७ जना सङ्क्रमित निको भएर घर फर्किका छन् । शुक्रबारसम्म देशभरमा छ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म आठ लाख २२ हजार १७२ जना कोारेनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये आठ लाख तीन हजार ७१६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेका छन् ।
त्यस्तै ११ हजार ५३५ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको मृत्यु दर १.४ प्रतिशत रहेको छ ।






