कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिका सचिव दिनेश थापाका अनुसार नेपालको नक्साभित्र दुई युवाले नेपालको झन्डा र कांग्रेसको झन्डा बोकेको, चुनाव चिन्ह रुख तथा बिपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्बिर अङ्कित प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिन पछि सार्वजनिक गरिनेछ।
प्रचार समितिले महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान महाधिवेशनको ब्यानर सार्वजनिक भएसँगै सुरु भएको जनाएको छ।






