लन्डन, मङ्सिर १५ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिनुभएको छ । मङ्गलबार आयोजित एक पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको छ– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।
यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताउनुभयो । उहाँले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताउनुभयो । उहाँले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनकाे अवस्था आउँदैन भन्नुभयो ।






