काठमाडौं, मङ्सिर १३ : केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको दशौँ महााधिवेशनको बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालय पुगेर सोमबार विहान ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यसैगरी, एमालेका उपाध्याक्ष भीम रावलले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघि आइतबार राति ओलीले बन्दसत्रमा ३०१ जना पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची पेश गर्नुभएको थियो । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शङ्कर पोखरेललाई महासचिवमा प्रस्ताव गर्नुभएको छ ।