आतकङ्कारी हमलामा एकै परिवारका तीन व्यक्तिको मृत्यु

  मंसिर १२, २०७८

बेरुत, मङ्सिर १२ : सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।

आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला र एक बालक रहेका जनाइएको छ । यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ ।    
    
कुर्द प्रशासनको अधीनमा रहेको अरब बाहुल्य शहर मिनबेजमा नागरिकहरु बोकेको एउटा गाडी प्रवेशद्वारमा आतकङ्कारी विस्फोट भएको बताइएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले उक्त विस्फोट कारबम भएको जनाइएको छ ।

क्षेत्रीय प्रशासनको मुख्य लडाकू बल कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट्स जिहादी समूह विरुद्धको लडाइँको नेतृत्व गरेको थियो । यस बलले युद्धग्रस्त सिरियाको पूर्वी र उत्तरपूर्वी क्षेत्रको विशाल क्षेत्रलाई नियन्त्रण गरेको छ ।

तपाईको प्रतिक्रिया