एमाले महाधिवेशनको बन्दसत्र साँझ ७ बजेदेखि

  मंसिर १२, २०७८

चितवन, मङ्सिर १२ : बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार साँझ ७ बजेदेखि सुरु हुने भएको छ ।  चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताउनुभयो ।उहाँले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा. भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पार्नुभयो ।

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

तपाईको प्रतिक्रिया