सुस्मिताको ‘आर्य २’ को ट्रेलर सार्वजनिक

  मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : अभिनेत्री सुस्मिता सेनको वेब सिरिज ‘आर्य २’ को ट्रेलर सार्वजनिक भएको छ । सिरिजको ट्रेलर सुस्मिताले पनि सामाजिक सञ्जालमा फ्यानसँग सेयर गर्नुभएको छ ।

क्याप्शनमा उहाँले लेख्नुभएको छ, ‘धैर्यताका लागि धन्यवाद, आर्यलाई तपाईहरूसामू ल्याउन पाउँदा धेरै खुसी छु। ‘आर्य २’ डिसेम्बर १० मा ओटिटि प्लेटफर्मको डिज्रनी प्लस हटस्टारबाट सार्वजनिक गरिनेछ ।

राम माधवानीको निर्माणमा बनेको आर्यमा विकाश कुमार, चन्रद्रचूर सिंह, सिंदर खेर, जयंत कृपलानी, अंकुर भाटिया, मेयो सराव, विश्रवजीत प्रधान, सुगंधा गर्ग, गीताञ्रजली कुलकर्णी, आकाश खुराना, दिलनाज इरानी, चारू संकर र सोहेला कपूरको प्रमुख भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया