१४ अर्ब बराबरको भदैया धान उत्पादन

  मंसिर ०८, २०७८

बारा, मङ्सिर ८ : बाराका किसानले २०७८-७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।

किसानले चालू आर्थिक वर्ष २०७८-७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कूल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

साथै बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिक टनले तीन हजार ५७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उहाँले जानकारी दिनुभयो । यसवर्ष मोटो धान प्रति क्विन्टल रु दुई ७०० सम्बन्धित निकायले दर भाउ कायम गरेको छ ।

गतवर्ष २०७७-७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.६ मेट्रिक टनले कूल ५४ हजार ८८२.६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया