शाहिद कपुरको ‘जर्सी’को ट्रेलर सार्वजनिक

  मंसिर ०८, २०७८

काठमाडौं, मङ्सिर ८ : शाहिद कपूरको फिल्म ‘जर्सी’ को ट्रेलर सार्वजनिक भएको छ । योसँगै फिल्मको सार्वजनिक भएको पोस्टरमा उहाँ क्रिकेटको ड्रेस लगाएर हातमा ब्याट लिएर उभिनुभएको छ ।

फिल्मको पोस्टर सेयर गर्दै कपूरले लेख्नुभएको छ, ’हामीले यो समयलाई दुई वर्षदेखि कुरेका थियौं । यो कथा,टोली र चरित्र विशेष छ । मसँग आभार व्यक्त गर्ने कुनै शब्द नै छैन ।’

जर्सी सोही नामको तामिल खेलकुद नाटकको हिन्दी रिमेक हो । जर्सीमा शाहिद क्रिकेटरको भूमिकामा हुनुहुन्छ । शाहिदसँगै मृणाल ठाकुर र पंकज कपुरलाई पनि महत्त्वपूर्ण भूमिकामा देख्न सकिन्छ ।

गौतम तिननुरीको निर्देशनमा बनेको जर्सीबाट शाहिद करिब दुई वर्षपछि सिल्वर स्क्रीनमा कमब्याक गर्दै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया