‘घुइँचो’मा एलिजा र कुन्साङ

  मंसिर ०७, २०७८

काठमाडौँ मङ्सिर ६ : नेपाली चलचित्र ‘घुइँचो’को छायाङ्कन सुरु हुने भएको छ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको ‘घुइँचो’ को छायाँकन माघ १ गतेबाट सुरु हुने बताइएको छ ।

निर्देशक लामाको ‘घुइँचो’ पाचौँ चलचित्र हो । चलचित्रमा एलिजा गौतमसहित कुन्साङ बोम्जनको अभिनय रहेको छ । एलिजाको भने यो दोस्रो फिल्म हो । उहाँले फिल्म ‘अनुराग’ बाट डेब्यु गर्नुभएको थियो । योसँगै एलिजाले चलचित्र ‘घुइँचो’ मा बढी मिहेनत गर्ने बताउनुभएको छ ।

त्यस्तै, बोम्जनको पनि यो पहिलो फिल्म हो । उहाँले ‘घुइँचो’को कथालाई मन पराएर सहमति जनाएको बताउनुभयो । सोमबार नयाँ बाँनेश्वरमा चलचित्र ‘घुइँचो’को घोषणा कार्यक्रम आयोजना गरिएको थियो । रामजी दैलेखीले ‘घुइँचो’को निर्माण गर्नुहुनेछ । माघ महिनासम्म फिल्मको छायाँकन गरेर सम्पन्न गर्ने लामाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया