काठमाडौं महानगरका सबै वडामा एस्ट्राजेनिका र भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

  मंसिर ०७, २०७८

काठमाडौं , मंसिर ७ : काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले आज र भोलि ३२ वटै वडाबाट खोप अभियान गरेको हो ।

महानगरपालिकाले एस्टाजेनेकाको दोस्रो डोज र भेरोसेलको पहिलो र दोस्रो डोज सञ्चालन गरेको हो। १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्रका साथमा विहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा पुगेर खोप लिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पहिलो डोज लिएकाहरुले परिचय पत्र र दोस्रो डोज लिएकाहरुले खोप कार्ड अनिवार्य रुपमा लिएर जान मन्त्रालयले आग्रह गरेको छ ।

१८ वर्षभन्दा माथिका सबैलाई खोप
सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गर्नुभयो । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौँका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ ।

यसैगरी उहाँले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि हिजोदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताउनुभयो । उहाँले शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ । फाइजर खोप अभियान भोलिसम्म सञ्चालन हुने छ ।

यसैगरी सबै गर्भवती महिलालाई पनि खोप लगाउन सुरु गरिएको छ । यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाउने गरेता पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

महानगरपालिकाले तोकेका खोप केन्द्र
वडा न १ सत्य साही केन्द्र
वडा न २ कार्यालय
वडा न ३कार्यालय
पुरानो वडा कार्यालय वडा न ४
सहरी स्वास्थ्य क्लिनिक ५न वडा
सहरी स्वास्थ्य क्लिनिक ६ न वडा
सहरी स्वास्थ्य क्लिनिक ७ न वडा
सहरी स्वास्थ्य न वडा क्लिनिक ६ न वडा
ओमसाई पाटी प्यालेस वडा न ५ पुरानो बानेश्वर
रत्न राज्य विद्यालय वडा १० मध्य बानेश्वर
गृहेश्री निमा वि वडा ११
बुद्ध माई अस्पताल वडा न टेकु
शिक्षा विभाग काम पा वडा न १३
शहिद मेमोरियल अस्पताल वडा न कंलकी
बयोधा अस्पताल वडा न १४ कुलेश्वर
सामुदायिक स्वास्थ्य सेवा परिषद् वडा न १५ डल्लु
बाइस धारा वडा न बालाजु
सहरी स्वास्थ्य क्लिनिक १७ न वडा कार्यालय वडा न १७
सहरी स्वास्थ्य क्लिनिक १८ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक १९ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २०न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २१ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २२ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २३ न वडा कार्यालय
ईतुमबहाल वडा न २४
कन्या मन्दिर विद्यालय वडा न २५
सहरी स्वास्थ्य क्लिनिक २६ न वडा कार्यालय
सहरी स्वास्थ्य क्लिनिक २७ न वडा कार्यालय वडा न २७
२८ न वडा कार्यालय वडा न २८ सिटी मार्केट
साँस्कृतिक भवन वडा न २९ डिल्लीबजार
ज्ञानेश्वर चोक वडा न ३०
देउराली क्लब वडा न ३२ भिमसेन गोला
सहरी स्वास्थ्य क्लिनिक ३२ न वडा कार्यालय

तपाईको प्रतिक्रिया