भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्ने

  मंसिर ०६, २०७८

एजेन्सी, मङ्सिर ६ : भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आइएफएफआइ) गोवामा चलिरहेको छ। यो फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्नेछ । यस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ९५ देशका करिब ६२४ फिल्मले प्रवेश पाएका छन् । आज (सोमबार) उत्सवको तेस्रो दिन हो ।

यस उपलक्ष्यमा आइतबार साँझ एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दर्शकहरूले ‘द फ्यामिली म्यान’ शृंखलाको टोलीसँग अन्तरक्रिया गरेका थिए । केन्द्रीय सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया