प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो नाै इजलास

  कार्तिक १७, २०७८

काठमाडौं, कात्तिक १७ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोक्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ ।

यद्यपि प्रधानन्यायाधीश जबराले आज आफ्नो आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन । यता प्रधानन्यायाधीश जबराको राजीजामा मागिरहेको नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया