काठमाडौं जिल्लामा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

  कार्तिक १६, २०७८

काठमाडौं, कात्तिक १६ : काठमाडौं जिल्लामा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाएको छ । साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्र देउसी–भैलो खेल्न पाइने विज्ञप्ति मार्फत जनाइएको छ ।

पटका,अतिसबाजीजस्ता प्रज्वलनशील एवं विष्फोटन पदार्थ उत्पादन ,ओसारपसार, विक्रिवितरण गर्न नपाईने समेत जनाएको छ । देउसी भैलो खेल्दा राती नौ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्ण गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनै गतिबिधिहरु गर्न नपाइने समेत प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया