कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  कार्तिक १६, २०७८

सुर्खेत, कात्तिक १६ : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । साँझ प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराउनु भएको हो ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए पछि प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले सोमबार मुख्यमन्त्रीको दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको थियो । उहाँलाई प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

३५ सदस्यी रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्रका १२, काँग्रेसका छ र नेकपा (एकिकृत समाजबादी) का तीन जना गरी २१ जनाको समर्थन रहेको छ ।

तपाईको प्रतिक्रिया