प्रदेश १ मा दलहरुबीच सहमति, छ सदस्यीय मन्त्रिपरिषद् गठन हुने

  कार्तिक १६, २०७८

विराटनगर, कात्तिक १६ : प्रदेश १ मन्त्रिपरिपद विस्तारका लागि ठबन्धन दलमा सहमति जुटेको छ । सहमति अनुसार मुख्यमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गर्नुहुने छ । दलहरुबीच आज नेपाली काँग्रेसबाट दुई र बाँकी दलबाट एक/ एक जनालाई समेटेर छ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको हो ।

मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली कागँग्रेसका नेता केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री बनाउने सहमति जुटेको बताइएको छ ।

तपाईको प्रतिक्रिया