माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलन केन्द्रित छलफल

  कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ ।

केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रेदश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण र पार्टीको विभागहरु गठन गर्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

‘विभिन्न एजेण्डामा छलफल भएका छन् । यस विषयमा पार्टीको भोलि बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्नेछ । खटपट केही भएको छैन, खुला छलफल भएको छ । तर आजको स्थायी समिति बैठकमा निर्णय हुन सकेन’, महराले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि मंगलबार बिहान ८ बजे पुनः कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया