पद्यरत्न तुलाधारकाे कृति ‘ग्वय्दां’लाई प्रेम–मोहन पुरस्कार

  असोज २७, २०७८

काठमाडौं, असोज २६ : प्रेम–मोहन सिरपाः गुठीले प्रेम–मोहन पुरस्कार यस पटक दिवंगत हुनुभएका पद्यरत्न तुलाधारलाई प्रदान गरेको छ ।

मगंलबार यहाँस्थित एक कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठले ५० हजार राशीसहित पद्यरत्न तुलाधारका जीवनसंगीनी निलशोभा तुलाधारलाई हस्तान्तरण गर्नुभयो ।

उहाँले लेख्नुभएको ‘ग्वय्दां’ नाटक प्रतिष्पर्धामा आएका छवटा नाटक भन्दा सर्वाेत्कृष्ट ठहरिएकाले पुरस्कृत गरेको आयोजक मथुराकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजकका अनुसार समाजसेवी तथा साहित्यकारद्वय् प्रेमबहादुर कसाः र मोहनकृष्ण डंगोलको नाममा स्थापित सो गुठीले प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया