म्युजिक भिडियो ‘माया पिरेम’ सार्वजनिक

  असोज २३, २०७८

काठमाडौं, असोज २२ : साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘माया पिरेम’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया पिरेम’ बोलको गीतमा निर्देशक माईकल चन्दले आफ्नो निर्देशनमा नायिका साम्राज्ञीलाई म्युजिक भिडियोमा उतार्नुभएको हो ।

उहाँको साथै यस म्यूजिक भिडियोमा नयाँ अनुहार देलविस दर्शनधारी तथा राज तुम्बाहाम्फेले पनि डेब्यु गर्नुभएको छ । चाँडै नै नयाँ चलचित्रका साथ अभिनय क्षेत्रमा आउने तयारी रहनुभएको दर्शनधारी र तुम्बाहाम्फेले यस म्युजिक भिडियोमार्फत आफ्नो सम्भाव्यता प्रस्तुत गर्नुभएको छ ।

यस गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, शङ्कर स्माइलको सङ्गीत, डीपी खनालको शब्द छ भने भिडियोमा सिलन लम्सालको सम्पादन र उत्सव दाहालको छायाङ्कन छ ।

साम्राज्ञी र अलिसा शर्माको आकर्षक नृत्यमा तयार भएको यो म्यूजिक भिडियोलाई ट्री इन्टरटेन्मेन्ट निर्माण गरेको हो । गएको बुधबार एक कार्यक्रमको बीचमा नायक शिव श्रेष्ठले स्वीच अन गरेर यस म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया