काठमाडौं, असोज १७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ ।
एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले निर्वाचन आयोगको नेतृत्व गठन गर्नुपर्ने व्यवस्था भए बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय समिति प्रस्ताव गर्नुभएको थियो । अध्यक्ष ओलीको प्रस्तावलाई सर्वसम्मतरुपमा एमाले विधान महाधिवेशनको हलले पारित गरेको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष सुब्बासहित महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्सान लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमकला गैरे सदस्यहरुमा रहनुभएको छ ।
विधान महाधिवेशनमा एमालेले पार्टीको एप्स् पनि सार्वजनिक गरेको छ । एमालेको एप्स्मार्फत पार्टी सदस्यताका लागि निवेदन फारम, नवीकरणदेखि पार्टीका सबै गतिविधिहरु नेता तथा कार्यकर्ताहरुमा जानकारी हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । त्यस्तै मङ्सिरमा हुने दशाैं महाधिवेशन बुटलमा हुने समापन समाराेहमा पार्टी अध्यक्ष ओलीले जानकारी गराउनुभयाे ।