गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

  असोज १४, २०७८

मानमा, असोज १४ : द्विपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायलबीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेशमन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो ।

तपाईको प्रतिक्रिया