सभामुखद्वारा ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ प्रमाणित

  असोज १३, २०७८

काठमाडौं, असोज १२ : सभामुख अग्निप्रसाद सापकोटाले संसदका दुवै सदनबाट पारित भएका “आर्थिक विधेयक, २०७८” र “राष्ट्र ऋण उठाउने विधेयक, २०७८” मंगलबार प्रमाणित गर्नुभएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।

संविधानको धारा १११ बमोजिम यी दुवै विधेयकहरु प्रतिनिसिभाबाट उत्पत्ति भई दुवै सदनबाट पारित भएको थियो । प्रमाणित विधेयकहरु संविधानको धारा ११३ ९१० बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइनेछ ।

तपाईको प्रतिक्रिया