चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

  असोज ११, २०७८

काठमाडौं, असोज ११ : आन्त्रिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो ।

शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।

तपाईको प्रतिक्रिया