यमनको मारिबमा भएको भिडन्तमा कम्तीमा ५० को मृत्यु भएको सेनाको दावी

  असोज १०, २०७८

दुबई, असोज ११ : यमनको प्रमुख रणनीतिक शहर मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको सैनिक स्रोतले आइतबार पुष्टि गरेको छ । तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ ।

“विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ । सैनिक अधिकारीका अनुसार लडाइँमा यमनी सेना र यसलाई सहयोग गर्दै आएको स्थानीय लडाकूहरू गरी कम्तीमा सातको मृत्यु भएको छ ।

मारिबलाई नियन्त्रणमा राख्नका लागि सेप्टेम्बर महिनामा भएको झडपमा मात्र करिब ४०० जनाको मृत्यु भएको जनाइएको छ । सो क्षेत्रमा भएको झडपमा सुस्ततापछि सो घटना भएको हो ।हुथीहरूले सुरुमा यस क्षेत्रको तेल स्रोतको नियन्त्रण जफत गर्ने र शान्ति वार्तामा आफ्नो स्थान सुदृढ पार्ने महत्वाकाङ्क्षासहित फेब्रुअरीमा मारिब कब्जा गर्ने आफ्नो रणनीतिसाथ आक्रमण गर्दा दुबैतर्फ ठूलो सङ्ख्यामा क्षति भएको हो ।

तपाईको प्रतिक्रिया