एमाले विधान महाधिवेशनका लागि प्रस्तावित तीन प्रतिवेदनमाथि सुझाव संकलन

  असोज १०, २०७८

काठमाडौं, असोज ९ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि प्रस्तुत तीन प्रस्तावमाथि छलफल गर्न छुट्याइएको दश समूहले राखेको सुझावहरु प्रस्तुत गरेकाे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ ।

एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गनिर्देशन सिद्धान्त बनाउँदै २०६२/६३ को आन्दोलन पश्चात् संविधान जारी भएको विषयमा सुझाव संकलन भएको भट्टराईले बताउनुभयो । शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा कम्युनिस्ट आन्दोलनको एकता र विभाजनको विषयमा समीक्षा भएको आगामी दिनमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने जिम्मेवारी एमालेमा रहेको सुझाव प्राप्त भएको भट्टराई बताउनुहुन्छ । साथै पार्टीलाई महिला, आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक एवम् पिछडिएका वर्ग सबैको प्रतिनिधित्व हुनेगरी समावेशी पार्टीको चरित्र निर्माण गर्नुपर्ने सुझाव प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

साथैआगामी निर्वाचनमा बहुमत ल्याउने गरी महत्त्वपूर्ण सुझावहरु आएको र यी सुझावलाई ग्रहण गर्ने उहाँको भनाइ छ । यससँगै पदाधिकारी थप्ने विषयमा पनि प्रस्ताव आएको बताउनुहुँदै उहाँले दुई कार्यकालभन्दा बढी पार्टीको नेतृत्वमा रहन नपाउने र ७० वर्षको हदबन्दी विधानमा नै उल्लेख भएको भट्टराईले बताउनुभयो ।  बैठकको पूर्ण विवरण आइतबार आउने एमाले प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया