स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन देउवाको आग्रह

  असोज ०९, २०७८

काठमाडौं, असोज ९ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारीमा स्वास्थ्य मापदण्डको पालना गरी नगरपालिका र गाउँपालिका अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ । देउवाले शनिबार सामाजिक सञ्जालमार्फत नगर र गाउँपालिका अधिवेशन प्रक्रियामा सहभागी हुन काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा  आग्रह गर्नुभएको हो ।

तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिबद्धताले काँग्रेसलाई थप बलियो बनाउँछ, जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया