मनिलाका मेयरद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

  असोज ०६, २०७८

मनिला, असोज ६ : फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक -याली निकाल्नु भएको थियो ।

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको -यालीपछि आयोजित घोषणा सभामा उहाँले आफू विजयी हुने दाबी गर्नुभयो । लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उहाँ तेस्रो नेता हुनुहुन्छ । यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया