माओवादी केन्द्रको स्थायी समिति बैठक : माओवादीबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई

  असोज ०६, २०७८

काठमाडौं, असोज ६ : नेकपा (माओवादी केन्द्र)काे स्थायी  समितिको बैठक सकिएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

‘अहिले पाँच दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ । मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महराले भन्नुभयो । २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन गरिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिनुभएको थियाे । साथै, हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया