काठमाडौं, असोज ६ : परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।
मङ्गलबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्र मन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमतिपछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गर्नुभएको हो ।