पञ्जाबको मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण

  असोज ०४, २०७८

चण्डीगढ, असोज ४ : कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नु भएको छ । उहाँ पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति हुनुभएको छ ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराउनु भएको हो । चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गर्नु भएको थियो । कांग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।

तपाईको प्रतिक्रिया