नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै

  असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सर्वोच्च अदालतमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकेको सर्वोच्चले जनाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसनामार्फत गत भदौ १७ गते तीन रिट दर्ता गर्नुभएको थियो । अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्नुभएको हो ।

रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ ।

तपाईको प्रतिक्रिया