आँधीका कारण जापानका ४९ उडान रद्ध

  असोज ०३, २०७८

टोकियो, असोज २ : आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् । चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।  

जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।    

तपाईको प्रतिक्रिया