पाकिस्तानमा २४ घण्टामा ८३ सङ्क्रमितको मृत्यु

  भदौ २३, २०७८

काठमाडौं, भदौ २३ : पाकिस्तानमा गएको २४ घण्टामा ८३ जना कोरोनाभाइरसका सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानको ‘नेशनल कमाण्ड एन्ड अपरेशन सेन्टर’का अनुसार हालसम्म कोरोना सङ्क्रमणले २६ हजार ४१३ जनाको मृत्यु भएको छ ।

एनसीओसीका अनुसार गएको २४ घण्टामा ६० हजार ५३७ नमुना परीक्षण गरिएकोमा तीन हजार ९०२ मा सङ्क्रमणको पुष्टि भएको छ । प्रति एक सय परीक्षणमा पाकिस्तानमा गएको चौबीस घण्टामा ६.४४ मा सङ्क्रमणको पुष्टि भएको हो ।

पाकिस्तानले गएको २४ घण्टामा १२ लाख ३५ हजार ६४५ डोज खोप लगाएको छ । हालसम्म छ करोड ४५ लाख ५४ हजार ८५९ डोज खोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया