काठमाडौं, भदौ २३ : मेक्सिकोमा सात रिक्टेर स्केलको भूकम्प गएको छ । मेक्सिकोको लाँस ओर्गेनोस डे सान अगस्टिनमा भूकम्प गएको अमेरिकी भूगर्भ मापन (यूएसजीएस)ले जनाएको छ ।
यूएसजीएसले लाँस ओर्गेनोस डे सान अगस्टिनमा पृथ्वीको सतहको चार किलोमिटरभित्र भूकम्पको केन्द्र मापन गरिएको र विस्तृत विवरण आउन बाँकी रहेको ट्वीट गरेको छ ।






