बेलायतमा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित

  भदौ २१, २०७८

काठमाडौं, भदौ २१ : आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिन यता बेलायतमा भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ । गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । बेलायतमा हालसम्म ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् ।

त्यसैगरी ६८ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमितहरु थपिने र निधन हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । भाइरसबाट एक लाख ३३ हजार २२९ जनाको निधन भइसकेको छ ।  पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

तपाईको प्रतिक्रिया