‘बा आमा’ बोलको गीत सार्वजनिक

  भदौ २१, २०७८

काठमाडौं, भदौ २१ : आमा बुबाका विषयमा गाइएको गीत सार्वजनिक भएको छ । निश्चल श्रेष्ठले लेख्नुभएको “बा आमा” शीर्षकको गीतमा विकास चौधरीले संगीत दिनुभएको छ भने गायक प्रमोद खरेलले गाउनुभएको छ ।

ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ । एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया